Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलमा बन्दुकधारीले आक्रमण गर्दा सात जनाको मृत्यु

इजरायलमा बन्दुकधारीले आक्रमण गर्दा सात जनाको मृत्यु


इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

दश जना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले बिहीवार उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको २४ घण्टा नबित्दै जेरुसेलममा गोली हानाहानको घटना भएको हो ।

जेनिन शरणार्थी शिविरमा भएको आक्रमणमा ९ जना प्यालेस्टिनी मारिएका छन् । जेरुसेलममा भएको आक्रमणको जिम्मा अहिलेसम्म कसैले नलिएको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले वेस्ट बैंकको भ्रमण गर्ने भनिएको केही दिनअघि हिंसात्मक घटना भएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #isreal


प्रतिक्रिया दिनुहोस