Techie IT
×
गृहपृष्ठस्वास्थ्यकोरोनाबाट थप १२ जनाको मृत्यु, कुन जिल्लामा कति ?

कोरोनाबाट थप १२ जनाको मृत्यु, कुन जिल्लामा कति ?


काठमाडौं, १७ भदौ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा मृत्यु भएका १२ जनासहित देशभर ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको जानकारी दिएको छ ।

कुन जिल्लामा कति ?

चितवन ५५ वर्षीया महिला, १८ वर्षीया महिला र ६५ वर्षीय पुरुष
काठमाडौं ८९ वर्षीया महिला, ७० र ७५ वर्षीय पुरुष
ललितपुर ७० वर्षीया महिला
तनहुँ २० वर्षीया महिला
कपिलबस्तु ६० वर्षीया महिला
बारा ९७ वर्षीय पुरुष
भक्तपुर ४० वर्षीय पुरुष
धादिङ ४७ वर्षीय पुरुष

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार नाघेको छ । मन्त्रालयले पछिल्लो २४ घन्टामा १ हजार १ सय २० जनामा कोरोना संक्रमण भएको जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona, #hot


प्रतिक्रिया दिनुहोस