कोरोनाको नेपालमा आउला त काल ?
कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध चीनले तयार पारेको भ्याक्सिन नेपालमा पनि परीक्षण हुने भएको छ । स्रोतका अनुसार, उक्त परीक्षण नेपाली नागरिकमा नभई यहाँस्थित उतैका नागरिकमा हुन लागेको हो ।
भ्याक्सिन परीक्षणको लागि स्वास्थ्य मन्त्रालयले आफू मातहतको स्वास्थ्य अनुसन्धान परिषद्लाई तत्काल पाँच सय जनाको कोटा तोकेर सैध्दान्तिक सहमति दिइसकेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जनआस्थालाई बताएअनुसार, अन्तिम स्वीकृतिका लागि विभिन्न चरणको प्रक्रिया अघि बढेको छ ।
प्रारम्भिक स्वीकृतिअनुसार चिनियाँ लगानीमा सञ्चालित हेटौंडा र धादिङका होङ्सी सिमेण्टमा कार्यरत चिनियाँहरूमा उक्त परीक्षण हुनेछ । चीनले विभिन्न देश र क्षेत्रको फरक मौसम र वातावरणमा रहेका स्वदेशी र आफ्ना नागरिकमा खोप परीक्षणको तयारी गरेको हो । त्यही मापदण्डअनुसार नेपालको हावापानीमा घुलमिल भएका चिनियाँ खोज्ने क्रममा पहिलो चरणमा होङ्सी सिमेण्टमा कार्यरत चिनियाँ कामदार र कर्मचारी परेको बताइन्छ ।
सरकारले उक्त परीक्षणमा सहभागी हुन चाहने जोसुकै नेपालीले स्वेच्छिक रूपमा भाग लिन पाउने व्यवस्थासमेत गरेको छ ।
गत वर्ष डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोचोटी फेला परेको उक्त भाइरसबाट विश्वमा साँढे दुई करोडभन्दा बढी संक्रमित भइसकेका छन् भने साँढे आठ लाखभन्दा बढीको ज्यान गइसकेको छ । पौने दुई करोडभन्दा बढी संक्रमित निको भएका छन् । तर, यसको खास औषधि अहिलेसम्म फेला परेको छैन । रसिया र भारतसहित विश्वका झण्डै आधा दर्जन देशका औषधि उत्पादन कम्पनीहरू भ्याक्सिन विकासको विभिन्न चरणमा पुगेको बताइएको छ । जनआस्थाबाट
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking