मंगलबार देशभरमा एक हजार ६९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणको पुष्टि हुनेको कुल संख्या ४० हजार ५२९ पुगेको छ जसमध्ये हाल सक्रिय संक्रमित १८ हजार ११२ जना छन्।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जना रहेका छन्। उपत्यकामा मंगलबार कुल ४८१ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ। हालसम्म नेपालमा कुल २२ हजार १७८ जना कोरोना मुक्त भएका छन्।
गत २४ घण्टामा १२ हजार ८८ पीसीआर परीक्षण भएको छ। हालसम्म नेपालमा कुल सात लाख पाँच हजार ५६० परीक्षण भइसेकेको छ।
यस्तै हाल क्वारेन्टिनमा सात हजार ३९० जना छन् भने संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना र होम आइसोलेसनमा सात हजार २८० जना छन्।
थप एघार जनाको मृत्यु :
पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।
योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या २३९ पुगेको छ। कोभिडका कारण मृत्यु हुनेहरु महोत्तरीकी एक चार वर्षिय बालिका हुन् भने १० जना पुरुष रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंका दुइ पुरुषहरुको पनि निधन भएको छ । तीमध्ये एक ७० वर्षका थिए भने एक ३५ वर्षका पुरुष रहेका थिए ।
यसैगरी महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका ६५ वर्षिय पुरुष, बाराका ६० वर्षिय पुरुष र चितवनका ५२ वर्षका पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।
संक्रमित भई ज्यान गुमाउने पर्साका तीन जना रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये एक ८० वर्षका वृद्ध र ५३ तथा ६० वर्षिय पुरुषहरु रहेका छन् । मकवानपुरका एक ५८ वर्षका पुरुषको पनि कोभिडका कारण निधन भएको छ ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking,
#Corona