Techie IT
×
गृहपृष्ठस्वास्थ्य८९९ जना कोरोना सङ्क्रमित थपिए

८९९ जना कोरोना सङ्क्रमित थपिए


काठमाडौँ, १५ भदौ । नेपालमा ८९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३०३ महिला र ५९६ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३९ हजार ४६० पुगेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २१ हजार ४१० पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ३३७ रहेका छन् ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस