Techie IT
×
गृहपृष्ठस्वास्थ्यस्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको तथ्याङ्क लुकाएको तथ्य फेला

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको तथ्याङ्क लुकाएको तथ्य फेला


काठमाडौं, १४ भदौ । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट संक्रमित नागरिकहरुको तथ्याङ्क लुकाएको तथ्य फेला परेको छ।

स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यलयले दिने संक्रमितको तथ्याङ्कमा दुई/चारजना फरक तथ्याङ्क आउनु स्वभाविक मानिए पनि एकै दिन ६७ जनाको फरक तथ्याङ्क आउनुले राज्यले आमनागरिकलाई झुट्टो तथ्याङ्कमा भुलाई रहेको पुष्टि हुन्छ।

यही भदौ १२ गते स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ललितपुर जिल्लामा ११ जना नयाँ तथ्याङ्क फेला परेको बताएका थिए । तर त्यसै दिन ललितपुर स्वास्थ कार्यलयको तथ्याङ्क अनुसार ७८ जना संक्रमितको रिपोर्ट सार्वजनिक गरेको छ । ।

यसैगरी भदौ १३ गते शनिबार स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा ललितपुरमा संक्रमितहरुको सङ्ख्या १९ छ । तर सोही दिन ललितपुर स्वास्थ्य कार्यलयको रिपोर्टमा संक्रमितको सङ्ख्या ३६ देखिन्छ ।

यदि राज्यले सबै जिल्लाका संक्रमित नागरिकको रिपोर्ट यसैगरी ढाँटेको हो भने नेपालमा कम्तिमा पनि दैनिक दुई हजार नागरिक कोरोनाको कारण संक्रमणमा परिरहेका छन् भने आमनागरिक राज्यले दिनुपर्ने सही सूचनाबाट बञ्चित भैरहेका छन्।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस