Techie IT
×
गृहपृष्ठस्वास्थ्यथप ८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए

थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए


काठमाडौं, १३ भदौ । नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा गरी जम्मा ८८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका छन् । उनीहरु काठमाडौंका १५५ जना, भक्तपुरका १२ जना र ललितपुरका १९ जना रहेका छन् ।

हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् ।

त्यसैगरी अहिले १७५ जना आइसियु र २२ जना भ्यान्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचाररत छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना पुरुष गरी जम्मा १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै मृतकको संख्या २०७ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस