Techie IT
×
गृहपृष्ठस्वास्थ्य२४ घण्टामा कोभिड संक्रमणका कारण १२ जनाको मृत्यु

२४ घण्टामा कोभिड संक्रमणका कारण १२ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल १९५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । निधन हुनेहरु चार जना महिला र आठ जना पुरुषहरु रहेका छन् ।

मृत्यु हुने संक्रमित मध्ये मोरङका ५६ र ६५ वर्षका दुई महिला, भक्तपुरकी ६४ वर्षिय एक महिला र मकवानपुरकी ७१ वर्षिय वृद्धा हुन् ।

यसैगरी कोरोना संक्रमणका कारण ज्यान गुमाउने उदयपुरका ५२ वर्षिय, धनुषाका ४५ वर्ष, सिराहाका ५५ वर्षका पुरुषहरु रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका ७२ वर्षिय र झापाका ८३ वर्षिय वृद्धको पनि कोभिड संक्रमित भई निधन भएको हो । यस्तैै चितवनका ५१ वर्ष, कास्कीका ५२ वर्ष र रुपन्देहीका ६० वर्षका पुरुषहरुको पनि निधन भएका छन् ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस