काठमाडौं उपत्यकामा एकैदिन थपिए ४१५ जना संक्रमित
काठमाडौं, १२ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना रहेका छन् । उनीहरु कुन ठाउँका हुन् भन्ने खुलाइएको छैन ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाबाट १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस सम्मेलनमा जानकारी दिए ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ जना पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #hot