Techie IT
×
गृहपृष्ठस्वास्थ्यथप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा २३२

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा २३२

काठमाडौंका तीनसहित ७ जनाको मृत्यु


काठमाडौं, ९ भदौ । मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

यससँगै हालसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

मंगलबार काठमाडौं उपत्यकामा मात्रै २३२ जना संक्रमित थपिएका छन् । उनीहरु काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना छन् । संक्रमितहरु कुन ठाउँका हुन खुलाइएको छैन ।

काठमाडौंका तीनसहित ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएको छ। मृत्यु भएकामा काठमाडौंका एक महिला र अरु सबै पुरुष छन्।

मृत्यु भएकामध्ये काठमाडौंका २ पुरुष, एक महिला रहेका छन्। त्यसैगरी सिराह, पर्सा, धनुषा र रुपेन्देहीका एक एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १६४ जनाको मृत्यु भइसकेको छ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस