काठमाडौं, ७ भदौ । पछिल्लो २४ घण्टामा देशभर ८१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
उनीहरु काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना रहेका छन् । संक्रमितहरु कुन ठाउँका हुन् भन्ने खुलाइएको छैन ।
अहिलेसम्म कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।
मृतकको संख्या १५३ पुग्यो
कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका एक जना र ह्याम्स अस्पतालका एक जना कोरोना संक्रमित रहेका छन्।
नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् ।
मिर्गौलाको समस्या भएका उनलाई आइतबार मात्रै उपचारको लागि मानव अगं प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो ।
यस्तै ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बिरामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो ।
नेपाली सेनाको युद्ध कवच गण सितापाइलाका प्रमुख सेनानी देवेन्द्र खड्का नेतृत्वको टोलीले उनीहरुको शव व्यवस्थापन गर्नेछ ।
यस्तै रुपन्देहीमाबुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १५३ पुगेको छ ।
आजै स्वास्थ्य मन्त्रालयले झापा, पर्साका र सर्लाहीका एक एक जनाकोमृत्यु भएको जानकारी दिएको थियो । तर बुटवल र उपत्यकाका ४ जनाको विषयमा भने मन्त्रालयले औपचारिक जानकारी दिइसकेको छैन ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #Corona