Techie IT
×
गृहपृष्ठस्वास्थ्यकाठमाडौं उपत्यकाका २१६ सहित थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका २१६ सहित थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ६ भदौ। शनिबार थप ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।

कोरोना संक्रमणबाट १ सय ४६ जनाको मृत्यु भएको छ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस