Techie IT
×
गृहपृष्ठस्वास्थ्यशुक्रबार थपिए कोरोनाका ८ सय ३८ संक्रमित

शुक्रबार थपिए कोरोनाका ८ सय ३८ संक्रमित

एकै दिन ११ जनाको कोरोनाबाट मृत्यु


काठमाडौं, ५ भदौ । शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ। नेपालभरका विभिन्न प्रयोगशालाहरुवाट परीक्षणहुँदा विगत २४ घण्टामा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज थपिएका संक्रमितमा ५४६ पुरुष छन् भने २ सय ९२ महिला छन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ। काठमाडौं उपत्यकामा १ सय ८२ जना संक्रमित शुक्रवार थपिएका छन्।

एकै दिन ११ जनाको कोरोनाबाट मृत्यु
विगत २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक १३७ जनामा कोरोना पुष्टि भएको छ। एक दिनको आँकडामा यो संख्या अहिलेसम्मकै धेरै हो। यससँगै कुल मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस