Techie IT
×
गृहपृष्ठस्वास्थ्यकाठमाडौं उपत्यकाका १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ३ भदौ। पछिल्लो २४ घण्टामा नेपालभर थप ६८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५२२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । उनीहरु मध्ये २१६ जना महिला र ४६५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै अहिले ११ हजार ११८ जना सक्रिय संक्रमित रहेका छन् भने उनीहरु मध्ये ७ हजार ९८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अहिले १३१ जना आइसियूमा उपचाररत छन् भने भेन्टिलेटमा ६ जना उपचाररत छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १२० जना निको भएर डिस्चार्ज भएका छन् । त्यस्तै १३ हजार ५७१ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको दुःखद निधन भएको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस