गृहपृष्ठ ∕
स्वास्थ्य ∕
कोरोना संक्रमितको संख्या एकैदिन हजार नाघ्यो, काठमाडौं उपत्यकाका २०५ जना
कोरोना संक्रमितको संख्या एकैदिन हजार नाघ्यो, काठमाडौं उपत्यकाका २०५ जना
काठमाडौं, २ भदौ । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालभरका विभिन्न प्रयोगशालाहरुमा १३ हजार ४६१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरु काठमाडौंका –१३८, ललितपुरका –५०, र भक्तपुरका –१७ जना रहेका छन् ।
त्यस्तै आज थप ७ जनाको निधन भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११४ जना पुगेको छ ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking,
#Corona