Techie IT
×
गृहपृष्ठस्वास्थ्यबागमती प्रदेशसभा उपसभामुखलाई कोरोना संक्रमण

बागमती प्रदेशसभा उपसभामुखलाई कोरोना संक्रमण


काठमाडौं, १ भदौ । बागमती प्रदेशसभा उपसभामुख राधिका तामाङमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि स्वाव सङ्कलन गरिएकोमा आज परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ । यस्तै उनका एक आफन्तमा पनि संक्रमण देखिएको बताइएको छ ।

उनी हेटौंडास्थित आफ्नै निवासमा सेल्फ आइसोलेशनमा रहेको बताइएको छ । उनीमा कोरोना सङ्क्रमण पुष्टि भए पनि सामान्य रुघाखोकीबाहेक खास कुनै लक्षण देखिएको छैन ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Corona, #hot


प्रतिक्रिया दिनुहोस