गृहपृष्ठ ∕
स्वास्थ्य ∕
काठमाडौं उपत्यकाका १६८ सहित थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकाका १६८ सहित थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १ भदौ । सोमबार थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा १७३ जना महिला र ४०८ जना पुरुष गरी जम्मा ५८१ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो ।
कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा १५९ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेका संख्या ३ जना रहेको छ । उनीहरु रौटहटका १ पुरुष, मोरङका १ पुरुष र काठमाडौंकी १ महिला रहेका छन् । यो संगै नेपालमा अहिलेसम्म मृतकको संख्या १०७ पुगेको छ ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking,
#Corona