Techie IT
×
गृहपृष्ठस्वास्थ्यमानिसमा कोभिड–१९बारे ज्ञान जति धेरै त्यसबारे चिन्ता त्यति थोरै

मानिसमा कोभिड–१९बारे ज्ञान जति धेरै त्यसबारे चिन्ता त्यति थोरै


काठमााडौ । कोभिड–१९ महामारी बारे मानिसमा जति धेरै जानकारी रहेको हुन्छ तिनमा महामारीसम्बन्धी चिन्ता त्यति थोरै रहेको पाइएको छ ।

हालै ५१५ जना अमेरिकी वयस्कमा गरिएको एक अध्ययनमा यस्तो जानकारी प्राप्त भएको छ ।

यो अनुसन्धान ओहियो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मानिसमा कोभिड–१९को विषयमा अनिश्चिततासम्बन्धी भावनाहरू त्यति थोरै रहेको पाइयो जसलाई यसबारे धेरै जानकारी रहेको पत्ता लगाएका हुन । उनीहरूमा कोभिड–१९सम्बन्धी तनाव पनि कम रहेको छ ।

यो अध्ययन पत्रमा भनिएको छ –कोभिड–१९ नया रोग हो । यसबारे यसअघि मानिसहरूले चिन्ता गरेका थिएनन । यसबाट हुने तनाव क मगर्न हामीले गरेको अध्ययनमा तनावको नयाँ स्रोत फेला परेको हो ।”

यो अध्ययन पत्र रालिगस्थित नोर्थ क्यारोलिन स्टेट युनिभर्सिटीका मनोचिकित्सक शेभान नेउपर्टले लेखेकी छिन ।उनको अध्ययन टोलीले मार्च २० देखि अप्रिल १९सम्म २० देखि ७९ उमेर समूहका ५१५ जनामा अनुसन्धान गरेको हो ।

उनले भनिन– हामीले ज्ञान नै शक्ति हो फेला पारेका छौ , ज्ञानले अनिश्चिता घटाउँछ र अनिश्चितताले तनाव बढाउँछ ।”
यो खोजमूलक अध्ययन जरनल अफ गेरोन्टोलोजी ः साइकोलोजिकल साइन्सेजमा प्रकाशित भएको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस