६४१ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा १७२ संक्रमित थपिए
काठमाडौं, ३२ साउन । नेपालमा थप ६४१ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् ।
त्यस्तै काठमाडौं उपत्यकामा १७२ संक्रमित फेला परेका छन् । उनीहरु मध्ये काठमाडौंका १२६, ललितपुरका ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् । उनीहरुको ठेगाना खुलाइएको छैन ।
यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्शाको४६ बर्षीय पुरुष र मोरङका महिला रहेका छन् ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking