Techie IT
×
गृहपृष्ठस्वास्थ्यउपत्यकाका ९८ सहित थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकाका ९८ सहित थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ३१ साउन । शनिबार नेपालमा थप ४६८ जनामा कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित थपिएका छन्। संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् । उनीहरु काठमाडौंमा ८०, भक्तपुरका ९ र ललितपुरका ९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, अहिलेसम्म १७ हजार २०१ जना कोरोना भाइरस संक्रमणवाट निको भएका छन् भने एक सय २४ जना विगत २४ घण्टामा निको भएर घर फर्किएका छन्।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० जना पुरुष रहेका छन् भने २२ जना महिला रहेका छन् ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस