Techie IT
×
गृहपृष्ठस्वास्थ्यकाठमाडौंको कुलेश्वर–बल्खु क्षेत्र सिल

काठमाडौंको कुलेश्वर–बल्खु क्षेत्र सिल


काठमाडौं, २९ साउन । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि कुलेश्वर–बल्खु क्षेत्र सिल गरिएको छ ।

बुधबार २९ जनामा कोरोना पुष्टि भएकोमा बिहीबार थप १० जनामा कोरोना देखिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिइन् । कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरूमा कोरोना देखिएको छ। साथै बल्खुमा २ जना र लाम्पाटी क्षेत्रमा पनि कोरोना संक्रमित देखिएका छन्।

कोरोना देखिएका क्षेत्रमा सिल गर्न गरिएकोछ भने बार लगाएर बाटो र गल्लीहरु पूर्ण रुपमा बन्द गर्न थालिएको छ भने पसलहरु सवै बन्द गरिको छ ।

वडा कार्यालयले तीन दिनदेखि ने सेवा दिन बन्द गरेको छ। भने कलंकीमा रहेको मालपोत कार्यालयले बुधबारदेखि सेवा दिन बन्द गरेको छ ।

सिलबन्दी गरिएको क्षेत्रमा फलफूल र तरकारी विक्री वितरण बिहान ५ देखि ९ बजेसम्म मात्रै गर्न दिइएको छ। त्यस्तै, फुटपाथमा हुने व्यवसाय पूर्ण रूपमा रोक लगाएको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस