६ जनामा कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द

काठमाण्डौ, २९ साउन । महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।
आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र अरुमा पनि लक्षण देखिएकाले आकस्मिक सेवा बन्द गरिएको अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले जानकारी दिए । उनका अनुसार आकस्मिक बाहेकका सेवा भने खुल्ला नै छ ।
आकस्मिक कक्षका ६ जनामा सङ्क्रमण पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका सय जनाभन्दा धेरैको आज कोरोना परीक्षणको लागि स्वाब संकलनको तयारी भएको छ । सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा राखिएको पनि संयोजक दासले जानकारी दिए।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona, #hot, #tu teaching hospital
प्रतिक्रिया