Techie IT
×
गृहपृष्ठस्वास्थ्यव्यवसायमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन सरकारको आग्रह

व्यवसायमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन सरकारको आग्रह


२८ साउन, काठमाडौं । सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल र उद्योग व्यवसायमा संलग्न व्यवसायी र कर्मचारीलाई आफ्नै खर्चमा कोरोना संक्रमण परीक्षण गराउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी यस्ता व्यवसायमा संलग्न हुने व्यक्तिको सम्पर्कमा धेरै व्यक्ति आउने र जोखिम हुने अवस्था भएको भन्दै आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्न भनेको हो ।

‘नेपालका घनावस्ती भएका जिल्लाहरुका विभिन्न शहरहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ । त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नुहुन अनुरोध गरिन्छ’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ती जस्ताको तस्तै :


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस