Techie IT
×
गृहपृष्ठस्वास्थ्य२४ घण्टामा ८ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मर्नेको संख्या ९१ पुग्यो

२४ घण्टामा ८ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मर्नेको संख्या ९१ पुग्यो


काठमाण्डौ, २८ साउन । गएको २४ घण्टामा देशका विभिन्न अस्पतालमा गरी थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा चार जना तथा मोरङ, रुपन्देही र सप्तरीमा एकरएक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख, डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।

यस्तै ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैया घर भएका ७५ वर्षीय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । उनीहरुले त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर नपाएपछि उपचारका लागि किस्टमा ल्याएपछि उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षीय दुई पुरुषको उपचारको क्रममा मङ्गलबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिए । ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको र २५ वर्षीय युवकको परीक्षण रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।

यस्तै सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ छातापुर घर भइ राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona, #hot


प्रतिक्रिया दिनुहोस