गृहपृष्ठ ∕
स्वास्थ्य ∕
थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि : काठमाडौं उपत्यकाका मात्र १३९ जना
थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि : काठमाडौं उपत्यकाका मात्र १३९ जना
संक्रमणका कारण मृत्यु हुने दर बढ्दोः
काठमाडौं, २८ साउन । पछिल्लो २४ घण्टामा नेपालभर थप ४८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ६४ जना कोरोना निको भई डिस्चार्ज भएका छन् ।
मुलुकभरका प्रयोगशालाबाट १०४८१ नमूना संकलन गरी पिसिआर परीक्षण हुँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा जनाए ।
त्यस्तै काठमाडौं उपत्यकाका १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये काठमाडौं जिल्लाका १०९ जना, ललितपुरका जिल्लाका २१ जना र भक्तपुरका ९ जना रहेका छन् ।
त्यस्तै, अहिले नेपालमा ७६१३ जना सक्रिय संक्रमित रहेका छन् भने १४,८४६ जना क्वारेन्टीनमा रहेका छन् ।
मृतकको दर बढ्दो :
पछिल्लो २४ घण्टामा मृत्यु हुने ८ जना रहेका छन् । जुन अहिलेसम्मकै एकै दिनमा संक्रमितको मृत्यु भएकामध्ये उच्च हो । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुने ८ जना रहेका छन् । उनीहरु मध्ये बाराका ७५ बर्षीय पुरुष र काठमाडौंका ७८ बर्षीय महिला किस्ट अस्पताल, ललितपुरमा मृत्यु भएको हो । त्यस्तै धादिङ्गका ३२ बर्षीय पुरुष ह्याम्स अस्पतालमा मृत्यु भएको छ । जनकपुरका ७१ बर्षीय पुरुष मेडिसिटी अस्पताल ललितपुरमा मृत्यु भएको छ, त्यस्तै जनकपुरकी ३१ बर्षीय महिला पाटन अस्पताल, ललितपुरमा मृत्यु भएको छ । अर्का मृतक सप्तरीका ७२ बर्षीय पुरुष रहेका छन् । मोरङका ५५ बर्षिय पुरुषको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान, धरानमा मृत्यु भएको छ । त्यस्तै कपिलबस्तुका ४२ बर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking,
#Corona