Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशप्रदेश १ की सांसद कुसुम श्रेष्ठ कोरोना संक्रमित

प्रदेश १ की सांसद कुसुम श्रेष्ठ कोरोना संक्रमित


साउन, २८ विराटनगर । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी इटहरीमा बसोबास गर्दै आएकी छन् ।

साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि उनले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार पोजेटिभ रिपोर्ट आएको हो । श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य छ । आत्मबल मजबुद बनाएर कोरोनालाई पराजित गर्ने उनले बताइन् ।
यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : प्रदेश, प्रदेश १, राजनीति, संसद, स्वास्थ्य
ट्याग : #Corona

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार