Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

एक अर्ब डोज कोरोना भ्याक्सिनको माग आइसक्यो : रुस


रुसले आफ्नो देशमा निर्मित कोरोना खोपको १ अर्ब मात्रा (डोज) को माग भइसकेको दाबी गरेको छ। रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआइएफ) ले २० देशबाट उक्त परिमाणमा खोपको माग आएको दाबी गरेको हो।

उक्त खोपलाई ‘स्पुतनिक पाँचौं’ नाम दिइएको छ। आरडीआइएफका प्रमुख किरिल दिमित्रेभले विदेशी लगानीकर्तासँग मिलेर ५ वटा देशमा प्रतिवर्ष ५० करोड डोज खोप उत्पादन गर्ने योजना बनाएको बताए। यसका लागि ल्याटिन अमेरिका, मध्यपूर्व र एशियाली मुलुकहरुले चासो देखाएको र खोप खरिदका विषयमा केही सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरे।

यद्यपि खोपले महत्वपूर्ण तेस्रो चरण पार गर्न बाँकी रहेको सीएनएनले जनाएको छ। खोपको सुरक्षा र प्रभावकारिता गाँसिएको यो चरणमा हजारौं मानिसलाई परीक्षणमा सामेल गराइन्छ।

आरडीआइएफ प्रमुख दिमित्रेभले यस्तो परीक्षण विदेशमा हुने बताए। युएई, साउदी अरब र अन्य कैयौं मुलुकका साझेदारसँग मिलेर यस्ता परीक्षण गर्ने सम्झौता हुन लागेको पनि उनले बताए।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट