Techie IT
×
गृहपृष्ठस्वास्थ्यथप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि

थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि


काठमाडौं, २७ साउन । मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै आजसम्म १८३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । मन्त्रालयका अनुसार आज कोरोनाका संक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ छन्।

त्यस्तै, ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस