Techie IT
×
गृहपृष्ठस्वास्थ्यकाठमाडौं उपत्यकाका ९२ सहित थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका ९२ सहित थप ३८० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा नेपालभरका विभिन्न प्रयोगशालाहरुबाट ८ हजार ५१५ वटा पीसीआर परीक्षण गरिएकोमा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये काठमाडौं उपत्यकाका ९२ जना रहेका छन् । उनीहरु मध्ये काठमाडौंका जना ९०  र ललितपुरका २ जना रहेका छन् । आज थपिएकासँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।

त्यस्तै, नेपालभर क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् ।भने आईसोलेसनमा ६ हजार ५४४जना उपचाररत छन् । आइतबार थप ४० जना निको भई घर डिस्चार्ज भएका छन् ।

त्यस्तै अहिलेसम्म कुल पीसीआर परीक्षण सख्या ४ लाख ४३ हजार ८०४ गरिएको छ । कुल संक्रमित मध्ये ७१।१ प्रतिशत निको भएर घर फर्किएका छन् ।

नेपालको पर्सा, रौटहट, महोत्तरी र काठमाडौं जिल्लाहरुमा ५०० भन्दा बढी संक्रमित छन् ।

त्यस्तै, कास्कीका ७७ बर्षीया पुरुष र पर्शा बीरगंगका २० बर्षीया महिलाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस