Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठस्वास्थ्यस्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण


काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालय स्रोतका अनुसार तीन जना कार्यालय सहयोगी र एक सवारी चालकमा कोरोना पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेसँगै मन्त्रालयले शुक्रबार ८४ जनाको स्वाब संकलन गरेको थियो । त्यसमध्ये चारजनामा कोरोना पुष्टि भएको स्रोतको दावी छ ।

‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु भइसकेको र कर्मचारीहरुलाई क्वारेन्टिनमा राख्ने तथा थप परीक्षण गर्ने क्रम सुरु भइसकेको जनाइएको छ ।

संक्रमण देखिएका कार्यालय सहयोगीले मन्त्रालयका उच्च अधिकारीलाई चियाखाजा खुवाउने काम गर्दै आएका थिए।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस