Techie IT
×
गृहपृष्ठस्वास्थ्यकाठमाडौं उपत्यकाका ६२ जना सहित ३७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका ६२ जना सहित ३७८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २४ साउन । नेपालभर पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ भने उनीहरुमध्ये ७३ जनाको मृत्यु भैसकेको छ । त्यस्तै, १६ हजार ३१३ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीया महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो । मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए ।

उपत्यकामा थपिएका संक्रमित
काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् । ललितपुर र भक्तपुरमा ३र३ जना रहेका छन् ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस