काठमाडौं उपत्यकाका १०६ जना सहित थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ साउन । शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये १०६ जनालाई भने काठमाडौं उपत्यकामा नै संक्रमण देखिएको छ ।
७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । त्यस्तै अहिलेसम्म निधन हुनेको संख्या ७० पुगेको छ ।
पछिल्लो समय नेपालमा सवै ठाउँहरुमा कोरोना संक्रमण देखिएको छ । सुरक्षा निकाय, बैंक तथा वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारीहरु, ब्यापारीहरु, सरकारी कर्मचारीहरु एवं प्रदेशका मन्त्रीलाई समेत कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona
प्रतिक्रिया