Techie IT
×
गृहपृष्ठस्वास्थ्यकाठमाडौं उपत्यकाका ८६ जना सहित थप ३६० जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकाका ८६ जना सहित थप ३६० जनामा कोरोना संक्रमण


२२ साउन, काठमाडौं । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौंका ७६ जना, ललितपुरका नौ जना र भक्तपुरका एक जना रहेका छन् । काठमाडौमा जिल्लामा अहिलेसम्मकै उच्च संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण मृतकको संख्या ६५ जना पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस