काठमाडौं, २१ साउन । बुधबार काठमाडौंमा एक जनासहित एकै दिन पाँच जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङ र पर्साका दुई–दुई जना र सर्लाहीका एक जना छन्। उनीहरु मध्ये दुई जनाको भने कोसी अस्पतालमा मृत्यु भएको हो। मृतक दुबै जना ४५ वर्षका रहेका र मृतक एक जना रंगेली तथा अर्का विराटनगर महानगरपालिका–९ निवासी हुन्।
बुधबार दिउँसो ४ बजे आएको रिपोर्टमा दुबै जनामा कोरोना पोजेटिभ देखिएको हो। अहिले मृतकहरूको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ।
यस्तै, मोरङ निवासी अर्का पुरूषमा पनि श्वासप्रश्वास, छाती दुख्ने र पखालाको समस्या देखिएपछि हिजो बिहान अस्पताल भर्ना गरिएको थियो। सुरूमा आकस्मिक कक्षमा उपचार गरेपछि उनलाई पछि आइसोलेसनमा सारिएको थियो। उनको पनि आजै कोरोना पोजेटिभ देखियो।
बुधबार नै पर्सामा दुई जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको हो। जसमा ४६ वर्षीय पुरूष र १८ वर्षीय किशोरी छन्।
पर्सा पोखरियाकी किशोरीको भने मृत्युपछि संक्रमण पुष्टि भएको हो। आजै काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् एक जना संक्रमितको मृत्यु भएको छ।
गत शुक्रबार मनमोहनमा भर्ना गर्दा उनलाई भेन्टिलेटरमा राख्नासाथ कोरोना परीक्षण गर्न स्वाब झिकिएको थियो।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking,
#Corona