Techie IT
×
गृहपृष्ठस्वास्थ्यकाठमाडौं उपत्यकाका ६२ जना सहित थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका ६२ जना सहित थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २१ साउन । बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

त्यस्तै, आज थपिएका संक्रमितमध्ये काठमाडौंका ५७ जना र ललितपुरका पाँच जना रहेका छन्। हाल आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।

बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् ।

हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।

बुधबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० जना पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस