काठमाडौंका ४८ सहित थप २५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २० साउन । मंगलबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।
मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौंका ४८ जना, ललितपुरका एक जना र भक्तपुरका १३ जना रहेका छन्।
यसैगरी, आज कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ६५ रहेको छ। नेपालमा हालसम्म कोरोना निको हुनेको कुल संख्या १५ हजार २६ पुगेको छ।
नेपालमा थप एक जनाको कोरोना संक्रमणको कारण निधन भएको छ। योसँगै नेपालमा ५८ जना कोरोना संक्रमितको निधन भएको छ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking,
#hot