गृहपृष्ठ ∕
स्वास्थ्य ∕
प्रम ओलीद्वारा कोरोनाबारे विज्ञ तथा विपक्षी दलका नेताहरूसँग बालुवाटारमा छलफल
प्रम ओलीद्वारा कोरोनाबारे विज्ञ तथा विपक्षी दलका नेताहरूसँग बालुवाटारमा छलफल
काठमाडौँ, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बारे सम्बन्धित क्षेत्रको विज्ञ तथा विपक्षी दलका नेताहरूसँग बालुवाटारमा छलफल शुरु गरेका छन् ।
छलफलमा नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराए।
पछिल्लो समय राजधानीलगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढ्दैगएको तथा मृत्यु हुने र लक्षण देखिने दर बढेको सन्दर्भमा प्रधानमन्त्रीले छलफल शुरु गरेका हुन् ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #baluwatar,
#breaking,
#Corona,
#kp oli