Techie IT
×
गृहपृष्ठस्वास्थ्यकाठमाडौं उपत्यकामा ५१ सहित कोरोना भाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा ५१ सहित कोरोना भाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिए


काठमाडौं, १९ साउन । कोरोना भाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ७३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु कुन ठाउँका हुन् भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलाएको छैन ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस