काठमाडौं, १८ साउन । आइतबार नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिनेमा काठमाडौं उपत्यकामा मात्रै ३१ जना रहेका छन् । काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमित भेटिएका हुन् ।
आज थपिएकासँगै नेपालभर संक्रमितको संख्या २० हजार ३३२ जना पुगेको छ ।
त्यस्तै, आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् । कोरोना संक्रमणका कारण आइतबारसम्म ५७ जनाको मृत्यु भैसकेको छ ।
यि ठाउँमा थपिए संक्रमितः
आज सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ । धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०/१०, ललितपुर र स्याङ्जाका ८/८ जना तथा महोत्तरी र कास्कीका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपुर र लम्जुङका ३/३ जना, सर्लाही, रौतहट र तनहुँका २र२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी :
स्वास्थ्य