Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठरोचक२४६ जना कोरोनाका नयाँ संक्रमित थपिए, काठमाडौं उपत्यकामा ३१ जना

२४६ जना कोरोनाका नयाँ संक्रमित थपिए, काठमाडौं उपत्यकामा ३१ जना


काठमाडौं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ।

त्यस्तै हाल देशभर गरी सक्रिय संक्रमितको संख्या पाँच हजार ६७२ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ।

आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

यस्तै, आइतबार एक सय ११ जना डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार ६ सय ३ छ।


क्याटेगोरी : रोचक, स्वास्थ्य
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस