सभामुख सापकोटाको सचिवालयका सदस्यमा कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौँ, १८ साउन । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटासहितको सचिवालय सदस्य तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
सभामुख सापकोटाको अगुवा गाडीमा साउन ६ गतेसम्म सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सभामुख सापकोटासहित सचिवालयका सदस्य तथा अन्य सुरक्षाकर्मीको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।
सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार गएराति आएको कोरोना परीक्षणको प्रतिवेदन नेगेटिभ छ । उनीहरू सबैको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको प्रतिवेदनअनुसार सबैको प्रतिवेदन नेगेटिभ रहेको न्यौपानेले बताए ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #Corona,
#hot