Techie IT
×
गृहपृष्ठस्वास्थ्यथप ३१५ जनामा कोरोना संक्रमण पुष्टि

थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, १७ साउन। पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशभर भएको पीसीआर परीक्षणमा थप ३ सय १५ जनामा कोरोना देखिएको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

अहिले देशभर ११ हजार ५ सय ३३ जना मानिस क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै, संक्रमितमध्ये १४ हजार४ सय ९२ जना उपचारपछि घर फर्किसकेका छन्।

देशभर कोरोना संक्रमणको अवस्था यस्तो :
प्रदेश नम्बर १ मा २ सय २५, प्रदेश नम्बर २ मा २ हजार ६६, बागमती प्रदेशमा ५ सय ७५ र गण्डकी प्रदेशमा ३ सय १३ जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रदेश अनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८ सय ५६, प्रदेश नम्बर २ बाट ३ हजार १ सय ४९, बागमती प्रदेशबाट ५ सय ३२ र गण्डकी प्रदेशबाट १ हजार २ सय ५६ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ बाट ३ हजार ९ सय ७१, कर्णाली प्रदेशबाट १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभरीका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५४, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७३, बागमती प्रदेशमा ८ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ३६, कर्णाली प्रदेशमा ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना क्वारेन्टिनमा रहेका छन् ।

थप सतर्कता अपनाउन आग्रहः

स्वास्थ्य मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकहरुको स्वाव संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ । धेरै ठाउँमा भारतबाट आएका व्यक्तिहरुलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकोले त्यस्तो नगर्न मन्त्रालयले आग्रह गरेको हो । सिंहदरबार भित्र र अन्य कार्यालयमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले समेत सामाजिक दुरी कायम नगरेको सूचना प्राप्त भएकाले त्यस्तो नगर्न प्रवक्ता डा. गौतमले आग्रह गरे ।

सही तरिकाले मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, २५ जनाभन्दा बढी भेला नहुने उनले आग्रह गरे । कारागार, हिरासत कक्ष, सुधार गृह जस्ता स्थानमा क्षमताभन्दा बढी मानिस राख्नुपर्ने बाध्यता रहेपनि आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस