Techie IT
×
गृहपृष्ठस्वास्थ्यप्रदेश २ मा भेन्टिलेटर र आईसीयूको अभाव

प्रदेश २ मा भेन्टिलेटर र आईसीयूको अभाव


जनकपुर, १६ साउन । कोरोना संक्रमितसँगै संक्रमणबाट प्रदेश २ मा मृत्यु हुनेको संख्या बढ्दै गएपनि भेन्टिलेटर र आईसीयूको व्यवस्था नहुदाँ जोखिम बढ्ेको छ ।

प्रदेश २ मा दैनिक कोरोनाको संक्रमण बढ्दै गएको छ भने दैनिक जसो कोरो संक्रमणकै कारण प्रदेश २ मा संक्रमितको मृत्यु भईरहेको छ । संक्रमित बिरामीको उपचारको लागि भेन्टीलेटर र आईसीयू आवश्यक पर्छ तर प्रदेश २ को ८ जिल्लाका ३ वटा सरकारी अस्पतालमा मात्र भेन्टिलेटर छ भने दुई वटा सरकारी अस्पतालमा मात्रै आईसीयू रहेको छ ।

बिरगञ्ज र जनकपुरस्थित सरकारी अस्पतालमा मात्रै हालसम्म आईसीयू सेवा छ । रराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सबै भन्दा बढी ४ वटा भेन्टिलेटर छ भने आईसीयू छैन् । आईसीयू बिना भेन्टिलेटरको खासै कुनै अर्थ नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् । आईसीयू र भेन्टिलेटर एकसाथ र्भमात्रै अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिने चिकित्सकको भनाई छ ।
जनकपुरस्थित प्रादेशिक अस्पतालमा २ वटा मात्र भेन्टिलेटर छ । सो अस्पतालको आईसीयूमा जडान गरिएको भेन्टिलेटर सधैं भरिभराउ रहने गरेको अस्पताल श्रोतको भनाई छ । उक्त अस्पतालमा कम्तीमा ५ वटा भेन्टिलेटर जरुरी छ । पर्साको बिरगञ्जस्थित नारायणी अस्पतालमा रहेको ३ वटा भेन्टिलेटरले काम गर्दै आएको छ । यसबाहेक प्रदेश २ को कुनै पनि सरकारी अस्पताल भेन्टिलेटर र आईसीयू सेवा नरहेकोले जटिल समस्या देखिएका कोरोना संक्रमितको उपचार गर्न कठिनाई भईरहेको स्वास्थ्यकर्मीहरुको कथन छ । प्रदेश २ का सरकारी अस्पतालमा तत्काल कम्तीमा ५० वटा भेन्टिलेटर र आईसीयू सेवा सञ्चालन गर्नु आवश्यक रहेको स्वास्थ्यबिज्ञहरु बताउँछन् ।

कोरोना संक्रमणको हटस्पर्ट बनेको प्रदेश २ मा हालसम्म १५ जना संक्रमितको मृत्यु भईरहेको छ भने संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेश २ को मन्त्रीपरिषद्को गत बैशाख ८ मा बसेको बैठकले ५० वटा भेन्टिलेटर गरिद गर्ने निर्णय भएको ४ महिना बित्न लाग्दाँ समेत अझै बजेट निकासा हुन सकेको छैन् । प्रदेश २ सरकारले बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीमा ५÷५ वटा र धनुषा र पर्सालाई १०÷१० वटा भेन्टिलेटर उपलब्ध गराउने निर्णय समेत गरेको थियो । तर निर्णय भएको ४ महिनामा पनि निर्णय कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना भईरहेको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Corona


प्रतिक्रिया दिनुहोस