Techie IT
×
गृहपृष्ठस्वास्थ्यकाठमाडौं उपत्यकामा ३८ जना सहित २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३८ जना सहित २२४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, १६ साउन । शुक्रबार थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यससँगैअहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ७८६ नमुना परीक्षण गरिएको थियो, जुन अहिलेसम्मकै उच्च पिसिआर परीक्षण हो ।

त्यस्तै, काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये काठमाडौंमा ३२ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस