Techie IT
×
गृहपृष्ठस्वास्थ्यकोरोनाबाट पाटन अस्पतालमा थप एक जनाको मृत्यु

कोरोनाबाट पाटन अस्पतालमा थप एक जनाको मृत्यु


काठमाडौं, १६ साउन । कोरोना संक्रमणवाट पाटन अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

यसअघि उनलाई निमोनियाको संक्रमण देखिएको थियो भने साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको हो । मृतक ललितपुर थसिखेलका बासिन्दा भएपनि हालसालै वीरगञ्जबाट आएकी थिइन् भने उनको स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस