Techie IT
×
गृहपृष्ठस्वास्थ्यप्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित संख्या ७२ पुग्यो

प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित संख्या ७२ पुग्यो


काठमाडौं, १६ साउन । प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ। केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार शुक्रबारसम्म संक्रमितको संख्या ७२ पुगेको हो। संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालका भर्ना गरिएको उनले जानकारी दिए।

पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो। संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन् ।

संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको जनाइएको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Corona, #hot


प्रतिक्रिया दिनुहोस