Techie IT
×
गृहपृष्ठस्वास्थ्यउपत्यका प्रवेश गर्ने नाकामा स्वाब लिइएका मध्ये २४ जनामा कोरोना संक्रमण

उपत्यका प्रवेश गर्ने नाकामा स्वाब लिइएका मध्ये २४ जनामा कोरोना संक्रमण


काठमाडौं, १५ साउन । उपत्यका बाहिरबाट प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब पिसिआर परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता आएका मध्ये ३ हजार ४७३ जनाको स्वाब परीक्षण गर्दा २४ जनालाई कोरोना संक्रमण देखिएको हो ।

यसअघि, काठमाडौं उपत्यकाको प्रवेशविन्दुमैमा नै सरकारले स्वाब संकलन गर्दै आएको थियो । नागढुंगामा ४ हजार ७१०, फर्पिङमा १ हजार २८२ र साँगामा २ हजार ४०९ जनाको स्वाब संकलन गरिएको थियो ।

नागढुंगामा संकलितमध्ये २ हजार ३०२ को परीक्षण गर्दा ३ जना, फर्पिङमा संकलित ७४१ को परीक्षण गर्दा १० जना र साँगामा संकलित ४३० जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस