गृहपृष्ठ ∕
स्वास्थ्य ∕
थप २७४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा भेटिए ४५ जना संक्रमित
थप २७४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा भेटिए ४५ जना संक्रमित
काठमाडौं, १५ साउन। नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंका ४१ जना , ललितपुरका २ जना र भक्तपुरका २ जना रहेका छन्।
गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
त्यस्तैगरी, बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।
नेपालभर हाल ५२२७ जनामा एक्टिभ केस रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking,
#Corona