गण्डकी प्रदेशमा थपिए ३८ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा १ जना नयाँ संक्रमित फेला परेका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा १४ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितहरु १५ देखि ४० वर्ष उमेर समूहका छन् ।
यसैगरी स्याङ्जाको गल्याङमा ८ जना तथा बिरुवा, पुतलीबजार र भिरकोटमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी बागलुङको काठेखोला र बडिगाडमा २–२ जना तथा बागलुङ र जैमिनीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
तनहुँको व्यास नगरपालिकामा २ जना र ऋषिङमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै, पूर्वी नवलपरासीको बौदीकालीमा १ जना र लम्जुङको बेंसिशहरमा २ जनालाई कोरोना संक्रमण देखिएको हो ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Corona, #hot
प्रतिक्रिया