गृहपृष्ठ ∕
स्वास्थ्य ∕
नोबेलले बिशेषज्ञ सर्जन ल्याएर सुरु गर्यो टाउको तथा गर्दन सम्बन्धी क्यान्सरको शल्यक्रिया
नोबेलले बिशेषज्ञ सर्जन ल्याएर सुरु गर्यो टाउको तथा गर्दन सम्बन्धी क्यान्सरको शल्यक्रिया
बिराटनगर, १४ साउन । नोबेलमा टाउको तथा गर्दन सम्बन्धी क्यान्सरको शल्यक्रिया सुरु भएको छ । बिशेषज्ञ शल्य चिकित्सकको व्यवस्था मिलाएर नोबेलले ‘हेड एण्डनेक’ सम्बन्धी सम्पूर्ण क्यान्सरको शल्यक्रिया थालेको हो ।
भारतको एम्स दिल्लीबाट टाउको तथा गर्दन क्यान्सरमा एमसीएच गरेका बरिष्ठ सर्जन डा.ऋषिकेष ठाकुरलाई नोबेलले ल्याएको छ । डा.ठाकुर टाउको तथा गर्दन सम्बन्धी क्यान्सरमा एमसीएच गर्ने नेपालकै पहिलो शल्य चिकित्सक हुन् । गुणस्तरीय उपचार सेवाका लागि बिशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रिया थालिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
मुख, थाइराइड,श्वास नली, नाकको साइनस, टाउको, र्याल ग्रन्थी, कान लगायत टाउको तथा गर्दन सम्बन्धी सबै क्यान्सरको शल्यक्रिया थालिएको डा.ठाकुरले जानकारी दिए । ‘नोबेलमा टाउको तथा गर्दन सम्बन्धी सबै किसिमका क्यान्सरको शल्यक्रिया थालेका छौ ।’ डा.ठाकुरले भने–‘मटाउको तथा गर्दन सम्बन्धी क्यान्सरमा एमसीएच गर्ने नेपालको पहिलो सर्जन पनि भएकाले मुलुककै उत्कृष्ट सेवा दिने हिसावले लागेका छौं ।’
नोबेलले सेवामा स्तरियता बढाउनका लागि बिशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरण थप्ने क्रमलाई तिब्रता दिएको छ । सेवा थप गर्दै आएको नोबेलले केही महिनाअघिबाट स्त्रीजन्य सबै किसिमका क्यान्सरको पनि शल्यक्रिया थालेको छ ।
क्याटेगोरी :
स्वास्थ्य